सहृदय सेवा अभियानहरू
सहृदय सेवा अभियानले समाजका असाहय र पछाडि पारिएका व्यक्तिहरूलाई करुणा र सम्मानका साथ सहयोग गर्ने लक्ष्य राख्दछ। सेवा केवल भौतिक सहयोग मात्र होइन, बरु भावनात्मक साथ पनि हो भन्ने हाम्रो मान्यता छ।
-
लक्षित सेवा कार्य: वृद्धवृद्धा, एकल महिला र आर्थिक रूपले विपन्न परिवारका लागि खाद्यान्न, स्वास्थ्य उपचार र सहारा प्रदान गर्ने गतिविधिहरू।
-
मानसिक स्वास्थ्य र मनोपरामर्श: डिप्रेसन, एन्जाइटी र मानसिक तनावमा रहेका व्यक्तिहरूका लागि दक्ष परामर्शदाता मार्फत सेवा प्रदान गरिनेछ।
-
प्रेरणा कार्यशाला: जीवनदेखि हारेका वा निराश भएका व्यक्तिहरूलाई पुनः सक्रिय जीवनमा फर्काउन विभिन्न थेरापी र प्रेरणा सत्रहरू सञ्चालन गरिनेछ।
